छोराले गरे ८० वर्षीया बुवाको हत्या

विराटनगर, १३ माघ । मोरङमा सामान्य विवाद हुँदा छोराले बुवाको हत्या गरेको छ ।
जिल्लाको बेलबारी नगरपालिका–९ बस्ने ८० वर्षीय दलबहादुर खत्रीलाई उनकै ३५ वर्षीय छोरा जयबहादुर खत्रीले हत्या गरेको प्रहरीले जनाएको छ ।
बुधबार राति साढे ११ बजे सामान्य घरायसी विवादमा बुबाको हत्या गरेको आरोप जयबहादुरमाथि लागेको हो ।
अबेर राति मादक पदार्थ सेवन गरी घर फर्किएका जयबहादुरले सामान्य विवादपछि बुबाको घाँटी थिचेर हत्या गरेको आरोप छ ।
घटनाको अनुसन्धानका लागि बुधबार राति नै जयबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


