मधेस प्रदेश : अन्यतर्फ सत्ता गठबन्धनका सिद्धिकी विजयी

जनकपुरधाम, १२ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्य समूहतर्फ सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजयी भएका छन् ।
पाँच दलिय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सिद्धिकी अन्य समूहतर्फबाट विजयी भएका हुन् ।
सिद्धिकीले ६ हजार ६७८ मतभार ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी एमाले–लोसपा गठबन्धनका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७६६ मतभार ल्याएका छन् ।
अन्य समूहतर्फको मतदानमा प्रदेश तर्फ २ र स्थानीय तर्फ ६ गरी कूल ८ मतदाताको मत बदर भएको थियो । यस हिसाबले २०४ मतभार बदर भएको हो ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ गरी कूल ९ हजार ८१६ मतभार रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


