काठमाडौं, १२ माघ । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा २००७ मतदाताले मतदान गरेका छन् ।

२०२५ मतदातामध्ये २००७ जनाले मतदान गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

मतदानमा १८ जना जनप्रतिनिधि अनुपस्थित रहेका थिए ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ९ दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।