बुधबार ८ हजार ४५४ नयाँ संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं, १२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ र ६ हजार ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८८३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ५४ हजार ८८ पुगेको भने मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ । त्यस्तै, ८ लाख ३१ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् । जसमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५१ जना आईसीयू र ४८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


