जनकपुरधाम, १२ माघ । जनमत पार्टीका कार्यकर्ताले एक चिकित्सकमाथि समेत आक्रमण गरेका छन् ।

बर्दिबास जाँदै गर्दा पिडारी चोकमा जलेश्वर अस्पतालका मेसु डा. सतिस साह माथि जनमतका कार्यकर्ताले आक्रमण गरेका हुन् ।

आक्रमणमा परि घाइते भएका मेसु साहको मुखमा ८ वटा टाँका लागेको छ ।

मेसु साह प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमाथि आक्रमण भएको बताइएको छ ।