प्रदेशसभा सदस्यको गाडीमा तोडफोड, सांसद यादवको हात भाँचियो

जनकपुरधाम, १२ माघ । जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेशसभा सदस्यको गाडीमा पनि तोडफोड गरेका छन् ।
जनमत पार्टीका कार्यकर्ताहरुले मतदान गर्न आउँदै गरेका जसपा मधेस प्रदेशका सांसद अशोक यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड गरेका हुन् ।
सांसद यादव प्रदेशसभाका अर्थ समितिका सभापति हुन् । प्रदर्शनकारीहरुले उनको हात भाँचिदिएका छन् ।
प्रदर्शनकारीले आफ्नो हात भाँचिदिएको यादवले बताएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान गर्न यादवलगायत मतदाता आउँदै थिए । सोही क्रममा जानकी मन्दिरअगाडि १५–२० जनाको समूहमा आएका प्रदर्शनकारीले गाडीमा तोडफोड गर्नुका साथै आफ्नो हात भाँचिदिएको उनले बताए ।
यस अघि रामचौकमा जनमतका कार्यकर्ताहरुले सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


