हरिओन नगरपालिकाको गाडीमा तोडफोड

जनकपुरधाम, १२ माघ । सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा जनमत पार्टीका कार्यकर्ताहरूले तोडफोड गरेका छन् ।
नगर प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका पौडेल सवार सरकारी नम्बर प्लेटको गाडीमा तोडफोड भएको हो ।
उनीहरू मतदान गर्न आइरहेको समयमा जनकपुरधामस्थित रामचोकमा प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा तोडफोड गरिएको थियो । सोही क्रममा प्रमुख प्रसाईलाई चोट पटक समेत लागेको छ ।
जनमतका कार्यकर्ताहरूले आज बिहानैदेखि किसान आन्दोलनको नाममा जनकपुरधममा तोडफोड तथा प्रदर्शन गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


