काठमाडौं, ११ माघ । तथ्यांक विभागले हालै सम्पन्न गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको छ ।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा माघ १२ गते बुधबार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत भदौ ३० देखि असोज १८ र दोस्रो चरणको कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।

विभागले जनगणनाका लागि गणक तथा सुपरिवेक्षक नियुक्त गरेर तथ्यांक संकलन गरेका थिए ।

विभिन्न स्थानमा गणकहरुले सहि तथ्यांक नलेखेको भन्दै विरोध समेत भएको थियो ।