बारामा कोरोना संक्रमित एक पुरुषको मृत्यु

बारा, ११ माघ । बारामा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको कोल्हवी नगरपालिका–३ बस्ने ६० वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
माघ १० गते एन्टीजेन परीक्षणको क्रममा उनी कोरोना संक्रमण भएका थिए ।
नारायणी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
उनले कोरोनाविरुद्धको भ्याक्सिन नलगाएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


