पर्सा, ११ माघ । १५ वर्षीया एक किशोरीलाई पटक–पटक जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानरगरपालिका बस्ने २० वर्षीय भनु यादव भन्ने मुन्नाप्रसाद यादव रहेका छन् ।

यादवले डरत्रास देखाई पीडित किशोरीलाई पटक–पटक जर्बजस्ती करणी गरेको आरोप छ ।

पीडितको अभिभावकले दिएको उजुरीको आधारमा मुन्नालाई सोमबार पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।