१६ लाख ६० हजार मात्रा मोडर्ना खोप नेपाल ल्याइयो

काठमाडौं, ११ माघ । नेपालमा कोभ्याक्स सुविधाअन्तर्गत कोरोनाविरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।
विश्व बैंकको सहयोगमा १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार अहिलेसम्म नेपालमा करिब चार करोड १९ लाख मात्रा खोप आइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


