जनकपुरधाम, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ ।

गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्न ३२ वटा उजुरीको आधारमा अख्तियारको टोली अनुसन्धानका लागि मंगलबार त्यहाँ पुगेको हो ।

जनप्रतिनिधि र कर्मचारीले विभिन्न योजनामा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरीको आधारमा अख्तियारको टोलीले गाउँपालिकाले सञ्चालन गरेका शंकास्पद योजना तथा कार्यक्रमहरुको प्रमाणित कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रवक्ता मणिराम ज्ञवालीले जानकारी दिए ।

उनले अख्तियारले आफ्नो मातहतका कामहरु गरिरहेको र सोही क्रममा उजुरीमाथि छानविन गर्न स्थलगत अध्ययनका लागि टोली त्यहाँ पुगेको जानकारी दिए ।

पिपरा गाउँपालिकाले सञ्चालन गरेको विकासे योजना, कर्मचारी भर्ना आदिको बिषयमा अख्तियारमा बिभिन्न ३२ वटा उजुरी परेको बताइएको छ ।