सिरहा, ११ माघ । सिरहामा घरायसी विवाद हुँदा बाबुले छोरालाई बञ्चरो प्रहार गरी हत्या गरेको छ ।

जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर–२ पटनामा मंगलबार बिहान करिव ९ बजे बाबुले छोराको हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी २० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेका छन् ।

दुबैजनाबिच घरायसी विवाद हुँदा बाबुले यस्तो घटना घटाएको उनले बताए ।

घटनामा संलग्न रहेको भन्दै सोनाईलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।