काठमाडौं, १० माघ । नेपाल चिकित्सक संघले कल सेन्टर सुरु गर्न लागेको छ ।

मंगलबारदेखि सुरु हुने कल सेन्टरमा कल गरी कोरोनासम्बन्धी परामर्श लिन सकिने संघका महासचिव डा. बद्री रिजालले जानकारी दिए ।

महासचिव रिजालका अनुसार आफू वा आफ्ना नजिकका कुनै व्यक्तिलाई समस्या भएमा ११५६ मा कल गरेर परामर्श लिन सकिनेछ ।

अमेरिका नेपाल फाउडेशन र नेपाल टेलिकमको सहयोगम उक्त सेवा सुरु हुन लागेको हो ।