सोमबार १० हजार ३१९ नयाँ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं, १० माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजारर ६५४ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ जनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ हजार ५४० जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हाल देशभरमा ८२ हजार ५५० संक्रिय संक्रमित छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३३ हजार ६२६ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ । त्यस्तै, ८ लाख २४ हजार २३९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना रहेका छन् । जसमध्ये ८० हजार ७७९जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७७१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये २३८ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


