नेपालमा १ लाख ६८ हजारभन्दा बढी व्यक्तिले लगाए बुस्टर डोज

काठमाडौं, १० माघ । नेपालमा १ लाख ६८ हजारभन्दा बढी व्यक्तिले कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाएका छन् ।
काठमाडौं उपत्यकामा केही दिन लगाएर रोकिएको बुस्टर डोज अभियान उपत्यकाबाहिरका केही जिल्लामा सुरु गरिएको छ ।
सोमबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १ लाख ६८ हजार ९६९ जनाले बुस्टर डोज लगाएका छन् ।
१४ माघ २०७७ बाट सुरु भएको खोप अभियानमा दुवै डोज लगाएका व्यक्तिलाई बुस्टर डोज लगाइएको हो । दुवै डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिने र अत्यावश्यकीय क्षेत्रमा कार्यरतलाई बुस्टर डोज लगाइएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४ करोड ३ लाख ८८ हजार ८४० डोज खोप ल्याइएको छ । १४ माघ २०७७ बाट सुरु भएको खोप अभियानदेखि हालसम्म २ करोड ९४ लाख २४ हजार ७५६ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
जसमध्ये १ करोड ६२ लाख ८९ हजार ४२५ जनाले पहिलो डोज लगाएका छन् भन १ करोड २९ लाख ६६ हजार ३६२ जनाले पूर्णमात्रा अर्थात दुबै डोज लगाएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
१८ वर्षभन्दा माथिका लक्षित जनसंख्याको आधारमा ८१ दशमलव ८ प्रतिशतले पहिलो डोज र ६५ दशमलव १ प्रतिशतले पूर्णमात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


