सिरहामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

सिरहा, १० माघ । सिरहामा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार सिरहाको बिष्णुपुर गाउँपालिका–२ गढिया बस्ने मुकेश कुमार यादवको मृत्यु भएको छ भने सोही ठाउँ बस्ने प्रविण यादव घाइते भएका हुन् ।
आइतबार राति सिरहा चोहर्वा सडकखण्ड अन्तर्गत नरहास्थित सिरहाबाट चोहर्वातर्फ आउँदै गरेको उखु बोकेको स १ त ७९५ नम्बरको ट्याक्टरलाई पछाडिबाट स ८ प ७१९४ नम्बरको मोटरसाइकलले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात भाग्दै गरेको ट्याक्टरलाई स्थानीयले नियन्त्रणमा लिई नरहा प्रहरीको जिम्मा लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


