सिरहा, १० माघ । सिरहामा निर्माणधिन रिडबाँधमा जमेको पानिमा एक पुरुषको शव फेला परेको छ ।

गोलबजार नगरपालिका–८ मैनाबती खोलाको निर्माणधिन रिडबाँधमा जमेको पानिमा सोमबार एक पुरुषको शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थल पुगेर शव निकालि पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारिका अस्पतालमा राखेको छ ।

शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलाय सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।