काठमाडौं, ९ माघ । नेपालमा थप २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिए । यस्तै, ४ जनामा डेल्टा भेरियण्टको संक्रमण देखिएको उनले बताए ।

देशभरबाट एस जिन पोजिटिभ रहेका मध्यबाट संकलिन नमुनामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङको आज प्राप्ता नतिजाअनुसार ३२ नुमना मध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको र बाँकी चार जनामा डेल्टा भेरिन्ट देखिएको उनले बताए ।

उनले एस जिन भेटिएका ८८ प्रतिशतमा ओमिक्रोन भेरिन्ट पुष्टि भएको बताए । उनले डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरिन्टले प्रतिस्थापन गरेको बताए ।