धनगढी, ९ माघ । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएका एक पुरुषको आधा घण्टामा मृत्यु भएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको हो ।

उनले कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए ।

खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको वडा कार्यालयका आधारभूत स्वास्थ्य प्रमुख रमेश रोकायाले बताए ।

यद्यपि उनको मृत्यु के कारण भयो भन्ने पुष्टि हुन बाँकी रहेको छ । मृतकले पहिलो खोप गत मंसिर १३ गते लगाएका थिए ।