पूर्वप्रधानमन्त्री केपी ओली कोरोना संक्रमित

काठमाडौं, ९ माघ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् ।
शनिबार गरिएको पिसिआर परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।
उनको सचिवालयका अनुसार केही दिनदेखि उनी अस्वस्थ महसुस गरिरहेका थिए ।
उनी आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् ।
उनमा कोरोना संक्रमण भएसँगै सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


