महोत्तरीका ९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

महोत्तरी, ९ माघ । तेस्रो लहरको क्रममा अहिलेसम्म महोत्तरीका ९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।
तेस्रो लहर सुरु भएपछि हेल्थ डेक्स र खोप अभियानमा खटेका स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।
अहिलेसम्म तेस्रो लहरमा ३ चिकित्सक, ४ पारामेडिक्स र २ जना नर्स संक्रमित भएको स्वास्थ्य कार्यालयल महोत्तरीका कोभिड फोकल पर्सन गिरेन्द्र झाले जानकारी दिए ।
जलेश्वर अस्पतालका ३ चिकित्सक, मुख्य सीमानाका भिट्टामोडमा खटेका ४ र खोप अभियानमा खटिएका अन्य २ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको उनले बताए ।
बिरामीको चाप बढी हुने जलेश्वर अस्पतालका स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालका प्रमुख डा. सतीश साहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


