सर्लाहीबाट लागुऔषधसहित श्रीमान–श्रीमती पक्राउ

सर्लाही, ९ माघ । सर्लाहीबाट लागुऔषध गाँजासहित श्रीमान–श्रीमतीलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको बागमती नगरपालिका वडा नम्बर–१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनका ३० वर्षीया श्रीमती ऋचा अधिकारी रहेका छन् ।
जिल्लाको हरिवन नगरपापालिका वडा नम्बर–८ पुरानो बजारस्थित भित्री सडकखण्डमा बा ६८ प ४९७२ नम्बरको मोटरसाइकलबाट ५ किलो गाँजासहित दुबैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका दुबैजना प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


