काठमाडौं, ८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४६२ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ३१२ र ५ हजार ७२५ नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ६५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यस अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ लाख ९६ हजार ८५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।