काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति राजनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै फरक मत राख्ने अधिकार सबैलाई भएको तर मन्त्री यादवको अभिव्यक्ति पदीय मर्यादाविपरीत भएको टिप्पणी गरेका हुन् । हिंसालाई प्रोत्साहन दिने, द्वन्द निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुने उनको तर्क छ ।

‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत छ । फरक मत र विचार राख्ने अधिकार सबैलाई हुन्छ तर शैली मर्यादित हुनुपर्छ । हिंसालाई प्रोत्साहन दिने, द्वन्द निम्त्याउने अभिव्यक्ति सामाजिक र कानुनी रूपमा अपराध हुन् । अझ जिम्मेवार व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनु पदीय मर्यादाविपरीत हो’ उनले भनेका छन् ।