काठमाडौं, ७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ७६६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।त्यस्तै, ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको छ । जसमध्ये ६३ हजार ७३४ जना होम आइसोलेसनमा र १ हजार ६४० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १९४ जना आईसीयू र ३५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।