माघ १५ गतेका लागि तय गरिएको कांग्रेसको जिल्ला अधिवेशन स्थगित

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसले माघ १५ गतेका लागि तय गरेको १६ जिल्लाको अधिवेशन स्थगित गरेको छ ।
कोरोना महामारीका कारण १४ औं महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।
बिहीबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरिएको उनले बताए ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा अधिवेशन गर्न बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


