बाराबाट लागुऔषधसहित एक युवक पक्राउ

बारा, ७ माघ । सशस्त्र प्रहरीले बाराबाट लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर–९ पशुपतिनगर बस्ने २१ वर्षीय कृशिस गुरुङ्ग रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले जनाएको छ ।
बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर–३ मुसर्वा चोकमा बि.ओ.पी. बरैनिया र प्रहरी चौकी बलिरामपुरबाट खटेको प्रहरी टोलीले भारतबाट आउँदै गरेको बा.७३ प. ८५९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा विन सिरेक्सा÷डाइलेक्स डिसी २ झोला बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङ्ग र लागुऔषध तथा मोटरसाइकल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


