रौतहट, ७ माघ । सशस्त्र प्रहरीले रौतहटबाट भारततर्फ लग्दै गरेको मदिरा बरामद गरेको छ ।

रौतहटको परोहा नगरपालिका वडा नम्बर–७ नरकटियाबाट नम्बर खुल्न नसकेको भारतीय बुलेरोबाट करिव साढे १३ लाख बराबरको मदिरा बरामद गरेको मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआजी गणेश ठाडा मगरले जानकारी दिए ।

बिहिवार बिआर ०१ पिए ४६२९ नम्बरको बुलेरो जिपबाट कस्तुरी मदिरा ३० कार्टून, टुवोर्ग बियर एक काटुन र बदाम ड्रिङक एक कार्टुन तथा बुलेरो गरी १३ लाख ३६ हजार ७ सय २० रुपैयाँ बराबरको सामान बरामद गरि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।