स्रोत नखुलेको करिब १० लाख रुपैयाँसहित सप्तरीबाट दुईजना पक्राउ

सप्तरी, ७ माघ । प्रहरीले स्रोत नखुलेको करिब १० लाख रुपैयाँसहित सप्तरीबाट दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर–५ का २९ वर्षीय राजेश कुमार चौधरी र शम्भुनाथ नगरपालिका वडा नम्बर–१२ का २४ वर्षीय दिलिप कुमार मण्डल रहेका छन् ।
उनीहरुलाई ९ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।
राजविराज–५ स्थित प्रदेश नं. २–०१–००३ प ३४७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा स्रोत नखुलेको रकम सहित दुबैजनालाई पक्राउ गरिएको डीएसपी काफ्लेले बताए ।
प्क्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


