कोरोना संक्रमणबाट बाराका एक पुरुषको मृत्यु

पर्सा, ७ माघ । कोरोना संक्रमणबाट बाराका एक पुरुषको मृत्यु भएको छ ।
पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत बाराको महागढीमाई नगरपालिका वडा नम्बर–६ बस्ने ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
बिहीबार राति उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिँहले जानकारी दिए ।
मृत्यु भएका संक्रमितलाई राति साढे ८ बजे निजी अस्पतालले रिफर गरी नारायणी अस्पताल पठाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


