बिहीबार १२ हजार ३३८ नयाँ संक्रमित थपिए

काठमाडौं, ६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबैभन्दा धेरै संक्रिमत संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर परीक्षण गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २८६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।
त्यस्तै, ८ लाख १८ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ । जसमध्ये ५५ हजार ८३६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १८६ जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


