गौशाला नगरपालिकाका विद्यालयहरु पनि बन्द

महोत्तरी, ६ माघ । महोत्तरीको गौशाला नगरपालिकाले नगरभित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न भनेपनि गौशाला नगरपालिकाले माघ ५ गतेदेखि विद्यालय खोल्न आग्रह गरेका थिए । तर अहिले आएर माघ १५ गतेसम्मका लागि सामुदायिक विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
शितलहर र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको भन्दै नगरपालिकाले माघ १५ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।
नगरपालिकाले विद्यालय बन्द रहेको अवधिमा बैकल्पिक माध्यमले पठनपाठनको व्यवस्था मिलाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


