सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु

सर्लाही, ६ माघ । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोडैता नगरपालिका–११ बस्ने ७५ वर्षीया देवकली देवी रहेकी छन् ।
बुधबार साँझ आफ्नै घरमा घुर तापिरको बेला उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।
उपचारका क्रममा बुधबार राती साढे ११ बजे जिल्ला अस्पताल मलंगवामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


