जनकपुरधाम, ६ माघ । धनुषा जिल्ला क्रिकेट संघको अध्यक्षमा शोभाकान्त पाण्डे (गुड्डु) चयन भएका छन् ।

क्रिकेट संघ धनुषाको दोस्रो सधारणसभाबाट पाण्डे अध्यक्षमा सर्वसहमत चयन भएका हुन् ।

संघले सधारणसभाबाट १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा आकाश पाण्डे, सचिवमा आशिष कुमार झा र कोषाध्यक्षमा सचिन कुमार सिंह सर्वसहमत चयन भएका हुन् ।

त्यस्तै, सदस्यहरुमा उतम कुमार कर्मचार्य, धर्मेन्द्र कुमार ठाकुर, शिव नरायण झा, कुमार प्रसुन्न, हिरा भगत, सरोज मिश्र, पुनम गुप्ता, नविन कुमार सिंह, गुणवन्त कुमार सिंह, धिरज कुमार र चन्दन झा चयन भएका छन् ।

सधारणसभाबाट चुनिएका सबै पदाधिकारीलाई निर्वाचन समितिले प्रमाण पत्र समेत प्रदान गरिसकेको छ ।