स्थानीय तहको निर्वाचन समयमै गराउन पूर्वमन्त्री पोखरेलको माग

काठमाडौं, ५ माघ । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले स्थानीय तहको निर्वाचन समयमै गराउन सरकारसँग माग गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दवाव दिएका हुन् ।
नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्र लागि परेको आरोप समेत लगाए ।
उनले निर्वाचन आयोगले भोलि (बिहीवार) सम्म स्थानीय तहको निर्वाचनको मिति नतोके सरकारविरुद्ध सडकमा जनता परिचालन गरेर निर्वाचनको मिति तोक्न बाध्य बनाउने चेतावनी पनि दिए ।
नेता पोखरेलले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


