स्थानीय तहको निर्वाचन समयमै गराउन सरकार प्रतिबद्ध छ : नेता विश्वकर्मा

काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहको निर्वाचन समयमै गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । कांग्रेस नेतृत्वको सरकार चुनाव गराउनकै लागि बनेको दावी समेत गरे ।
नेता विश्वकर्माले भने, ‘नेपाली कांग्रेस पार्टीको निर्वाचन सम्बन्धमा मलाई लाग्छ कहिल्यै शंका नगरे हुन्छ । त्यो शंका, आग्रह, पूर्वाग्रहलाई वा रणनीतिलाई नेपाली कांग्रेस र चुनावसँग जोड्नु सान्दर्भिक इतिहासले पनि देखाउँदैन । यो सरकार निर्वाचन गर्नकै लागि बनेको सरकार हो । नत्र शेरबहादुर देउवालाई सरकारमा जानुपर्ने कुनै आवश्यक थिएन । सरकारको नेतृत्व कांग्रेसले लिएको हुनाले विश्वास गर्नका लागि सबैलाई म आग्रह गर्दछु ।’
नेता विश्वकर्माले ठूलो दम्भ बोकेको नेकपा एमाले फुटेकोप्रति कटाक्ष पनि गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


