सहिद रमेश महतोको शालिकमा मुख्यमन्त्रीले गरे माल्यार्पण

सिरहा, ५ माघ । १५ औं बलिदानी दिवसको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।
मुख्यमन्त्री राउतले बुधबार सिरहाको लहानस्थित सहिद महतोको सालिकमा माल्यार्पण गरेका हुन् ।
मधेश आन्दोलनको क्रममा महतोले शहादत प्राप्त गरेका थिए । उनी मधेश आन्दोलनका प्रथम सहिद हुन् ।
मधेश प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदान दिवस मनाउने गरेका छन् ।
मधेस आन्दोलनमा शहादत प्राप्त गरेका सहीदहरुको सम्झनामा पहिलोपटक सिरहाको लहानमा, दोस्रोपटक पर्साको वीरगञ्जमा र तेस्रोपटक धनुषाको जनकपुरधाममा बलिदानी दिवस मनाएको मधेस सरकारले यसपटक भने सप्तरीको सदरमुकाम राजविराजमा मनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


