काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीसहित सपरिवार संक्रमित भएको शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु ।’

लक्षणले ग्रस्त भएपछि मेडिसिटी अस्पतालमा पिसिआर परीक्षण गराएको उनले जानकारी दिए । चिकित्सकको परामर्शमा औषधि र आइसोलेसनमा रहेको जानकारी गराउँदै एक सातामा फर्कने उनले बताएका छन् ।