महोत्तरीबाट लागुऔषधसहित दुईजना पक्राउ

महोत्तरी, ५ माघ । महोत्तरीबाट लागुऔषध नाइट्रोभेट सहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–६ बस्ने २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका वडा नम्बर–४ बस्ने २३ वर्षीय आकाश ठाकुर रहेका छन् ।
बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका वडा नम्बर–४ कठुधारबाट दुबैजनालाई नाइट्राभेट–१० सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
मोटरसाइकलको लेगगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डयाएर भारतबाट ल्याइएको २ हजार ९८२ थान नाइट्राभेट–१० बरामद गरिएको डीएसपी विष्टले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


