धनुषामा लुटेरा समूहद्वारा प्रहरीमाथि आक्रमण, ५ जना नियन्त्रणमा

जनकपुरधाम, ५ माघ । धनुषामा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको छ ।
जिल्लाको बटेश्वर गाउँपालिकास्थित प्रहरीचौकीका असई मनोज पोखरेलमाथि मंगलबार राति लुटेरा समूहले आक्रमण गरेको हो ।
बटेश्वर गाउँपालिका वडा नम्बर–४ स्थित राम्रो चोकमा मंगलबार राति प्रहरीले लुटेरालाई नियन्त्रणमा लिएपछि आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणबाट असई पोखरेल घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा १२ वटा टाँका लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ण्७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल सहितका सामान लुटपाट गरेका थिए । असई पोखरेल सहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेपछि उनीमाथि आक्रमण भएको हो । लुटपाट तथा प्रहरीमाथि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चन्द्रदेव यादव, रामजिवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेश रविदास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
मुख्यआरोपी स्थानीय रामजिवन ठाकुरको साथबाट लागुऔषध नाइट्रोभेट ट्याब्लेट र चक्कु बरामद भएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


