काठमाडौं, ४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

देउवालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।