मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिए

काठमाडौं, ४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो ।
यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
२२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्तभएका छन् भने १ जनाको मृत्यु भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।
हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३ हजार ९८३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ६२४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ लाख १३ हजार १४८ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


