सप्तरी, ४ माघ । कोरोना संक्रमणबाट सप्तरीमा एक बृद्धाको मृत्यु भएको छ ।

जिल्लाको रूपनी गाउँपालिका वडा नम्बर–१ ब्स्ने ७५ वर्षीया बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

माघ १ गते ज्वरो लागेपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

पीसीआर परीक्षणका लागि २ गते स्वाब लिइएको र ३ गते रिपोर्ट पोजेटिभ आएकै दिन उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

निमित्त प्रमुख यादवका अनुसार उनले भ्याक्सिन लिएपनि उनी लामो समयदेखि सुगर रोगबाट पीडित भएको र इन्सुलिन लिँदै आएको जानकारी दिए ।