प्रदेशको नाम ‘मधेस’ प्रदेश राखेको विरोधमा प्रदेशसभा सदस्यको पुतला दहन

जनकपुरधाम, ४ माघ । प्रदेशसभाबाट प्रदेश २ को नाम ‘मधेस’ प्रदेश राखेको भन्दै जनकपुरधाममा प्रदेशसभा सदस्यहरुको पुतला दहन गरिएको छ ।
मधेश आन्दोलनकारीको एक समूहले स्थानीय जानकीचोकमा प्रदेशसभा सदस्यको पुतला दहन गरेका हुन् ।

उनीहरूले ८ जिल्लालाई मात्र मधेश प्रदेश पारित गरेकोप्रति आपत्ति जनाउँदै प्रदेश सांसदको पुतला दहन गरेका छन् ।
युवा नेता सुशील कर्ण र दिपक ठाकुरको अगुवाइमा गरिएको पुतला दहनको क्रममा उनीहरूले २२ जिल्लालाई मधेस प्रदेश बनाउन विगतमा पटक पटक आन्दोलन गरिए पनि यसलाई ८ जिल्लामा मात्र सीमित गरिएकोप्रति आपत्ति जनाए ।

प्रदर्शनकारीले मिथिला–भोजपुरालगायतका प्रदेशको नाम नराखेर पहिचान र संस्कृतिकमाथि प्रहार गरिएको जिकिरसमेत गरे ।
उता पर्साको वीरगंजमा भने एक समूहले मधेस प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको पुतला दहन गरेका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


