काठमाडौं, ३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४७ र ६ हजार ७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।