जनकपुरधाम, ३ माघ । प्रदेश २ को नामकरणका लागि मतदान प्रक्रिया सुरु भएको छ ।

तीन दलको संयुक्त प्रस्ताव मधेश प्रदेशको पक्षमा मतदान सुरु भएको हो ।

सत्तारुढ दल जनता समाजवादी पार्टी, माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको संयुक्त प्रस्ताव मधेश प्रदेशमा मतदान सुरु भएको छ ।

शैलेन्द्र कुमार यादव र भरत प्रसाद साह प्रस्तावक रहेको नाम मधेश प्रदेश कायम गर्न शैलेन्द्र कुमार यादवले पेश गरेको प्रस्तावमा मतदान सुरु भएको हो ।

मधेश प्रदेशको प्रस्तावमा पहिलो मत प्रमुख प्रतिपक्षी दल लोसपाकी सांसद डिम्पल झाले गरेकी हुन् ।

नामकरणका लागि दुई तिहाई मतको आवश्यक छ । हाल प्रदेशमा १ सय ४ जना सांसद रहेकोमा ७० मतको आवश्यक छ ।

मधेश प्रदेशसँगै नामकरणका लागि जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश प्रस्ताव दर्ता भएको हो ।

मधेश प्रदेश प्रस्तावमा दुई तिहाइ मत नभए अर्को प्रस्तावमा मतदान हुनेछ ।

सभामुख सरोज यादवले प्रदेशसभा कक्षकै छेउमा रहेको भवनमा मतदान गर्न सांसदहरुलाई आग्रह गरेका छन् ।