प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीको विरोध

जनकपुरधाम, ३ माघ । प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीहरु विरोधमा उत्रेका छन् ।
नाम र स्थायी राजधानीका लागि प्रदेश सभामा भईरहेको मतदानको समाचार संकलन गर्न सञ्चारकर्मीलाई रोक लगाइएको भन्दै विरोध गरिएको हो ।

नाम र राजधानी टुंगो लगाउन भइरहेको मतदानको समाचार संकलनमा गरेको अवरोधविरुद्ध प्रदेशसभा अगाडि सञ्चारकर्मीहरु आ–आफ्ना सञ्चार सामग्री राखेर विरोध जनाईरहेका छन् ।

सभामुख सरोजकुमार यादव र प्रदेशसभा सचिवालयका सचिव सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच अफ गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


