काठमाडौं, २ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९६१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको परीक्षण गरिएको थियो ।

यस अवधिमा थप ३ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ ।