चलचित्र हल, जिम हललगायत रात्रिकालीन सबै प्रकारका व्यवसाय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, २ माघ । सरकारले माघ १५ गतेसम्मका लागि चलचित्र हल, जिम हललगायत रात्रिकालीन सबै प्रकारका व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
सञ्चार तथा सूचना तथा प्रविधिमन्त्रीसमेत रहेका कार्कीका अनुसार १५ माघसम्म रात्रीकालीन व्यवसाय र भीडभाड हुने क्षेत्र फिल्म हल र जिम हल बन्द गर्ने निर्णय भएको हो ।
साथै, अन्य भीड हुने क्षेत्रका बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरिसकेको छ ।
सरकारले यसअघि नै २५ जनाभन्दा बढी सार्वजनिक स्थानमा भेला नहुने निर्णय पनि गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


